काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन प्रणाली बन्द गरिएको छ ।
वैशाख १६ गतेदेखि लागु हुनेगरी अनलाइन आवेदन प्रणाली बन्द गरिएको सूचना विभागले निकालेको छ । कोरोना महामारी फैलिएको भन्दै अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
विभागका प्रवक्ता लोकनाथ भुसालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द गरिएको स्पष्ट पारेका छन् ।
हेर्नुस् सूचना :
