राजविराज : मोबाइल चार्ज गर्ने क्रममा सप्तरीमा एक युवकको ज्यान गएको छ ।
सुरुंगा नगरपालिका १ तेतरियाका १६ वर्षीय युवक रामु सदाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
सदाईलाई बुधबार दिउँसो मोबाइल चार्ज गर्ने क्रममा बायाँ हातको औलामा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको उपचारको लागि लग्दै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमको लागि सिरहा स्थित लहान अस्पतालमा पठाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।