सुनसरी : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित युवकको ज्यान गएको छ ।
सप्तरीका २४ वर्षीय युवकको उपचारका क्रममा बुधबार मध्यरातमा ज्यान गएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । मृतक युवकमा वैशाख ९ गते कोरोना पुष्टि भएको थियो ।
वैशाख १३ गते सोमबार प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उनी भर्ना भएका थिए । कोरोनाको दोस्रो लहर खतरनाक भएकाले संक्रमित भएको केहि दिनमै ज्यान जाने गरेको छ ।