Big News- लुम्बिनीमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त


बुटवल । पार्टीै नीतिविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै आफ्ना चार सांसदलाई जनता समाजवादी पार्टीले कारवाही गरेको छ ।

जसपाले उनीहरूलाई पार्टीको साधारण सदस्य साथै सांसदबाट समेत निस्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि सचिवालयले बिहीबार उनीहरूको पद रिक्त भएको जानकारी दिएको हो ।

कारवाहीमा पर्नेहरूमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, समुन शर्मा र कल्पना पाण्डे रहेका छन् ।

आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले वैशाख ६ मा मन्त्री बनाएका थिए ।

प्रकाशित : २०७८ बैशाख १६, बिहीबार १८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ