जनकपुरधाम । पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष नथुनी प्रसादको निधन भएको छ । ८५ वर्षको उमेरमा उनको गएराति निधन भएको हो ।
अध्यक्ष यादवको कालगतिले नै निधन भएको बताइएको छ । गाउँपालिकाका उपाध्यक्ष राजेश कुमार चौरसियाका अनुसार तीन दिनअगाडी उनी बेहोस् भएका थिए । त्यसपछि घरमै बसेका थिए । राति करिब २ बजे निधन भयो ।
उनी नेपाल संघीय समाजवादी पार्टीको टिकटबाट गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका थिए ।