काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरी निकालिएको छ ।
काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराइको शल्यक्रिया गरेको हो । भट्टराई पत्नी हिसिला यमीले ट्विट गर्दै भट्टराइको शल्यक्रिया सफल भएको जानकारी दिए ।
भट्टराईलाइ अपरेशनका लागि बिहान ९ बजे अपरेशन थेटर लगिएको थियो । अपरेशन सफल भएपछि यमीले तस्विर सार्वजनिक गर्दै शल्यक्रिया सम्पन्न भएको उल्लेख गरे ।
शल्यक्रियाका लागि भट्टराई हिजै अस्पताल भर्ना भएको थियो ।
यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो । वायोप्सी, डिओटिए परीक्षण, एनओसी परीक्षण तथा पेट सिटिस्क्यानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए ।
शल्यक्रिया गरेर ट्युमर चाँडै नै फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका थिए ।