जनकपुरधाम : जिल्ला प्रशासन कार्यालयले महोत्तरीका मन्दिरमा नित्यपूजा बाहेकका पूजा र बली चढाउन रोक लगाएको छ ।
कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिरमा पूजापाठ तथा बली प्रदान कार्यमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकरी दिए ।
उनका अनुसार बलवा नगरपालिकास्थि कारिकस्थान, पिपरा गाउँपालिकास्थित बौधिमाई मन्दिर, सम्सी गाउँपालिकास्थि अनहेरभाट स्थान लगायतका धार्मिक स्थलहरुमा दर्शनार्थीको अत्यधिक भई कोरोना संक्रमण बढ्ने अवस्था देखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नित्य पूजाबाहेक अन्य पूजामा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको अटेरी गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने उनको भनाइ छ ।
