काठमाडौं : कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) १३ वटा सीमानाका मात्रै खोल्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको छ ।
शुक्रबार बसेको सीसीएमसीको बैठकले दोस्रो लहरको कोरोना संक्रमण तीव्र बनेकाले यस्तो निर्णय गरेको हो । बैठकले हाल ३५ वटा सीमानाका सञ्चालनमा रहेकोमा अब १३ वटा सीमा नाकाहरु सञ्चालन गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको हो ।
जसमा काकारभिट्टा, जोगमनी, पशुपतिनगर, गौर, भिठ्ठामाेड, वीरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाहा, पुलघाट, झुलाघाट, गौरीफन्टा र गड्डाचौकी मात्रै सञ्चालन गर्न मन्त्रिपरिषद समक्षा सिफारिस गरेकाे उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन् ।
त्यस्तै, होटल क्वारेन्टाइन नमान्ने नेपालीलाई जरीवाना गर्ने तथा विदेशीलाइ डिपाेट गर्ने पनि बैठकले निर्णय गरेको छ ।
त्यस्तै, बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक चौथाइ कर्मचारी मात्रै राखेर सेवा प्रदान गर्न गराउन निर्देशन दिएको छ ।