नयाँ दिल्ली : भारतको गुजरात राज्यमा पर्ने भरुचस्थित कोभिड अस्पतालमा भीषण आगलागी भएको छ ।
आगलागी हुँदा १५ जनाको ज्यान गएको हो । जसमा १२ जना कोरोनाको बिरामी र तीन जना अस्पतालको कर्मचारी परेको भारतीय सञ्चार माध्यमले उल्लेख गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार मध्यराति १२ बजे आगलागी भएको थियो । पटेल वेलफेयर अस्पतालमा आगालागी हुँदा उपचाररत संक्रमितहरूको ज्यान गएको छ । मृतकको संख्या अझै बढ्ने बताइएको छ ।
त्यस्तै भारतमा एकैदिन चारलाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा चार लाख दुई हजारभन्दा बढी संक्रमित हुँदा तीन हजार पाँच सय २२ जनाको ज्यान गएको छ ।