काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामै ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गत वर्षको अक्टोबर २१ मा नेपालमा ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता शनिबार हालसम्मकै धेरै ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार पनि ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।