काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार लालशंकर घिमिरेमा कोरोना भाइरस पोजिटीभ देखिएको छ ।
शुक्रबारदेखि ज्वरो बढेपछि उनलाई कोभिड–१९ को आशंकामा परिक्षण गरिएको थियो । उनी अहिले नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचाररत रहेका छन् ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।