राजविराज : बढ्दो कोभिड–१९ संक्रमणमा पनि बजारमा भीडभाड हुने गरेकाले सप्तरीमा सवारी साधन सञ्चालनमा जोर–विजोर प्रणाली लागु गर्ने निर्णय गरिएको छ ।
आज प्रमुख जिल्ला अधिकारी (सिडिओ) फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भोली (वैशाख १९ गते)बाट सवारी साधनमा जोर–विजोर प्रणाली लागु गर्ने निर्णय भएको हो ।
निर्णयअनुसार अत्यावश्यक सेवा बाहेकका बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकलसहित सबै सवारी साधनमा जोर–विजोर प्रणाली लागु हुनेछ । जसअनुसार भोली विजोड सवारी चल्ने जिल्ला बताइएको छ ।
‘भोली १९ गते विजोड सवारी साधन चल्नेछ,’ उनले भने, ‘त्यसैगरी जोड गतेमा जोड सवारी साधन चल्नेछ ।’
बैठकबाट बढी भीडभाड हुने भुमि सुधार तथा मालपोत, नापी लगायतका कार्यालयले सेवा प्रवाह गर्दा भीडभाड नहुने व्यवस्था मिलाउने, बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा विक्री गर्ने खाद्यान्न, लत्ताकपडा तथा तरकारी विक्री वितरणमा रोक लगाउने निर्णय समेत भएको छ ।