जनकपुरधाम । धनुषामा दिनहुँ कोरोना संक्रमितको
संख्या बढ्दै गएपछि आउँदो २० गतेदेखि निषेधाज्ञा (लकडाउन) हुने भएको छ ।
संघिय सरकारको मापदण्ड अनुसार एउटा जिल्लामा ५ सय कोरोना संक्रमित देखिएपछि सो जिल्लामा निषेधज्ञा लगाउनुपर्ने हुन्छ । हाल सम्म धनुषामा कोरोना संक्रमित एक्टिभ केस साढे ४ सय पुगेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले बताए ।
‘दैनिक रुपमा बढ्दै गएको कोरोना संक्रमितको संख्यालाइृ दृष्टिगतगरि आईतवार जिल्ला संकट व्यवस्थापन समितिको बैठक राख्दै छौ’, प्रजिअ बास्तोलले भने, ‘वैठकबाट निर्णय गरेर लकडाउन लागु हुन्छ ।’
निषेधाज्ञाको सम्बन्धमा प्रदेश सरकारसँग समेत कुराकानी भएको उल्लेख गर्दै उनले भने,‘ आइतवार वैठक बसेर त्यसको निर्णय गर्छौ, आवश्यक तयारी गरेर सोमवार लकडाउन गर्छौ ।’
यसअघि हाट बजार विहान ७ देखि १० वजे सम्म
र बेलुका ४ देखि ७ सम्म मात्रै खोल्न सुचनाजारि गरिएपनि त्यसको पुर्ण पालना भईरहेको छैन ।
यसैबीच, प्रदेश सरकारले कोरोना संक्रमति बढ्दै गएको प्रदेशको अन्य स्थानहरुमा पनि लकडाउन हुने जनाएको छ । अहिले प्रदेशका महानगरपालिका वीरञ्जमा मात्रै १६ वैशाख देखि लकडाउन गरिएको छ ।
– जनकपुर टुडे