जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार विकास मंत्री जितेन्द्र सोनलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
मंत्री सोनलले सामाजिक संजालमा आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका हुन् । विगत चार/पाँच दिनदेखि उच्च ज्वरो र रुघाखोकी लागेका कारण उनी होम आइसोलेशनमा बसेका छन् ।
उनले भनेका छन्, ‘दुई/तीन दिनपछि पुन: तदारुकताका साथ काममा फर्किन्छु ।’ इश्वरको कृपा र अग्रजको आशिर्वाद र शुभेच्छुकको कामनाले पिसिआर रिपोर्ट नेगेटिभ आएको उल्लेख गरेका छन् ।
पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढीरहेको छ ।