सिबेन्द्र रोहिता / जनकपुरधाम : कोभिड अस्पतालको संख्या बढाउन प्रदेश २ सरकारलाई डिसिसिएमसी धनुषाले अनुरोध गरेको छ ।
कोरोना विरामीको संख्या बढ्दै गएको छ । अब केहिदिनमै प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालले धान्न नसकिने डिसिसिएमसीको निष्कर्ष छ । सोही निष्कर्षको आधारमा डिसिसिएमसीको बैठले विभिन्न ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्न प्रदेश सरकारलाई अनुरोध गरेको हो ।
कोभिड अस्पतालका लागि जनकपुरधामस्थित मणिपाल मेडिकल कलेजको निर्माणाधिन प्रयोगििवहिन भवन, सपहीस्थित सिटिइभिटीको भवन, जानकी मेडिकल कलेज रमदैया, गंगुलीस्थित आयूर्वेद अस्पतालको प्रयोग विहिन भवन उपयुक्त रहेको डिसिसिएमसीले जनाएको छ ।
यस्तै वैशाख २१ गते विहान ६ बजेबाट वैशाख ३१ गते राति १२ बजेसम्म धनुषा जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय समेत गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताएका छन् ।
अन्य के के निर्णय भयो ? हेर्नुस् विज्ञप्ती

