कैलाली : कोरोना भाइरसको संक्रमणबाट दोस्रो संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ ।
लम्कीचुहा नगरपालिका ६ घर भएकी चौधरीलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका लागि धनगढी लैजाने क्रममै उनको निधन भएको बताइएको छ ।
नेकपा एमालेको कोटाबाट चौधरी दोस्रो संविधानसभा सदस्य भएकी थिइन् । पछि उनी नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।