बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबीसहित माग गरिएको छ ।
प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्रीमा पुनः नियुक्ति गरेको केहीबेरमै गठबन्धनका तर्फबाट ४२ जनाको हस्ताक्षरसहित माओवादी केन्द्रका सांसद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ ।
केसीलाई मुख्यमन्त्री बनाउन मागसहित ४२ सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।
पत्रमा भनिएको छ, ‘लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यको बहुमतप्राप्त नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्य माननीय कुलप्रसाद केसीलाई नेपालको संविधान धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्न तपसिल बमोजिमको लुम्बिनी प्रदेश सभाका सदस्यहरुको समर्थन रहेको हुँदा दबी प्रस्तुत गर्दछु ।’