काठमाडौं : सरकारले कोभिड-१९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।
आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङ जानकारी दिए ।
उनका अनुसार बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय भएको छ । तत्काल बैशाख मसान्तसम्म उडान बन्द रहनेछ ।