गण्डकी प्रमुखमा पौडेल र सुदूरपश्चिम प्रमुखमा यादव नियुक्त, राष्ट्रपतिबाट सपथ लिए


काठमाडौं : गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ गराएकी हुन् । सपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।

आज मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन ।

सप्तरी घर भएका यादव दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी त्यतिवेला राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, २०७४ सालको प्रतिनिधिसभा चुनावअघि उनी एमालेमा प्रवेश गरे ।

प्रकाशित : २०७८ बैशाख २०, सोमबार २०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ