काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले तीन प्रदेश प्रमुखहरुलाई बिनाकारण पदमुक्त गरेकोप्रति पनि आपत्ति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठकले ०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्रले जनाए । ‘सरकारलाई समर्थन नरहेको पत्र भोलि संसद सचिवालयमा दर्ता गर्छाैं,’ माओवादी स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले भने ।
माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको मतियार भएको बताएको छ ।
– इकागज