सिरहामा पनि आंशिक निषेधाज्ञा, हेर्नुस् निर्णयहरु


टुडेखोज, जनकपुरधाम : सिरहामा पनि आंशिक निषेधाज्ञा जारी भएको छ । डीसीसीएमसीले गरेको निर्णय अनुसार वैशाख २३ गते विहान ६ बजेबाट सिरहामा आंशिक निषेधाज्ञा जारी हुनेछ ।

वैशाख २३ गतेबाट भाडाका यात्रु बाहक तथा परिचय पत्रधारी कर्मचारी बाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने निर्णय भएको छ । यस्तै खाद्यान्न, फलफुल र तरकारी पसल विहान ६ बजेदेखि अपरान्ह ५ बजेसम्म मात्र सञ्चालन हुनेछ ।

शैलुन र जिमखाना सञ्चालन गर्न नदिने निर्णय पनि डीसीसीएमसी बैठकले गरेको छ । यस्तै विवाह स्थानीय तहको अनुमति लिएर मात्र २५ जनाको सहभागितामा स्वास्थ्य मापदण्ड पालना गरेर गर्नुपर्ने निर्णय पनि भएको छ ।

अन्य के के निर्णय भयो ? हेर्नुस् सूचना :

प्रकाशित : २०७८ बैशाख २१, मंगलवार २१:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ