जनकपुरधाम : महोत्तरीको बर्दिबासबाट चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन भन्दै रुपैया ठगेका एकयुवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका ९ का २३ वर्षीय विमल न्यौपाने रहेका छन् । उनी अहिले इलाका प्रहरी कार्यालय बर्दिवासको हिरासतमा छन् ।
विभिन्न व्यक्तिहरुसँग यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासबाट लाइसेन्स बनाई दिने भन्दै रकम असुली गरेको आरोपमा न्यौपानलेलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनले लाइसेन्स परीक्षाको प्रवेशपत्रमा किर्ते छाप बनाएर प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । उनलाई महोत्तरी अदालतबाट १० दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।