माओवादीले समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमतमा


काठमाडौं : माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धी पत्र संसद सचिवालयमा पेश गरेको छ ।

समर्थन फिर्ताको पत्र आज संसद सचिवालयमा दर्ता गराएको नेता देव गुरुङले जानकारी दिए । पार्टीको हिजो बसेको स्थायी कमिटी बैठकबाट गरिएको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र दर्ता गरेको नेता गुरुङले बताए ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय लगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।

ओलीको विकल्पमा नयाँ सरकार गठनको कसरत गर्दै आएको माओवादीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको भन्दै आलोचना हुँदै आएको थियो ।

माओवादीको समर्थन फिर्तासँगै औपचारिक रुपमै सरकार अल्पमतमा परेको छ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने यसअघि नै बताइसकेका छन् ।

प्रकाशित : २०७८ बैशाख २२, बुधबार १३:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ