- बलराम कापर
आदरणीय महन्थ जी, तपाईबारे यस प्रकारको टिप्पणी गर्न मन लागेको थिएन । तर नेपाली जनताले ठुलो त्याग, तपस्या र बलिदान मार्फत प्राप्त उपलब्धि माथि हमला भइरहेको छ । तराई(मधेशको जनताले ठूलो बलिदान गरेर प्राप्त गरेको संघियता माथि कालो बादल मडारि राख्दा, देशमा अग्रगमन र प्रतिगमन बिच भिषण सघर्ष भै राख्दा तपाईको भूमिकाबाट आजित भएर लेख्न बाध्य भएको छु । मधेसको लागि लडिरहने एक युवा योद्धाको नाताले यो दुसाहस गरेको छु । आशा छ, तपाई यसलाई गम्भीरता साथ मनन गर्नु हुन्छ होला ।
आदरणीय ठाकुरजीले मधेसी माथि राजनीति गर्नेहरुको यति निर्लज्ज होला भन्ने सोचेको थिएन । यसलाई बुझ्न लुम्बिनी प्रदेशको घटना काफी नै छ । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपाल मिलेर संयुक्त रूपमा हस्ताक्षर गरी शंकर पोखरेलको सरकार बिरूद्धमा अविश्वास प्रस्ताव दर्ता गराउँछु । भने अर्को दिन अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपा नेपालका चारजना सांसदले राजनीतिको सम्पूर्ण मूल्य मान्यतालाई तिलांन्जली दिदै, सरकारमा सहभागी हुन्छ ।
अझै यो घटना कतिको अनैतिक, अमर्यादित तथा असंसदिय हो, तब अनुभूति हुन्छ जब तथाकथित मधेसका मसिहा भनिने तपाईले आफ्नै नेतृत्व गरेर ती अनैतिक र अनुशासनहिन चार सांसदहरूको बचावमा आफुलाई निर्लज्ज प्रकारले लाग्नु भयो ।
आदरणीय ठाकुरजी बुढेशकालमा पनि हदको दर्जा पार कसको लागि गरिरहनु भएको हो रु राजनीतिको नाउँमा मधेसी माथि तपाईहरूले राम्रै व्यापार गरेको हो । ति सबैलाई थाहा थियो तर लोकलाजको सबै सिमा पार गरेर नाङ्गै नाच गर्नुहोला कतै लागेको थिएन । ठाकुरजी तपाईलाई थाहा छ, तपाईले यसप्रकारको क्रियाकलापले तपाईले आर्जन गरेको इज्जत प्रतिष्ठा मात्रै दाउमा लागेको छैन । तपाईले जसपा पार्टी पनि टुक्रा-टुक्रा हुने निश्चित छ । जुन पार्टीको तपाई सम्मानिय अध्यक्ष हुनुहुन्छ । त्यो पार्टीको बिभाजन तपाईँलाई समान्य लाग्न सक्छ । तर मधेसको जनताले समान्य लिने छैन । किनकी अहिलेको राष्ट्रिय राजनीतिको संकट मधेसीको लागि अवसरको रूपमा प्राप्त भएको छ । जसपाको सहि निर्णयले प्रतिगामी एंव मधेस बिरोधी केपी ओलिलाई दण्डित मात्रै गर्दैन । उनको बिरूद्धमा माधव(झलनाथ समेत गरी दुई तिहाइको सरकार समेत बन्छ । जस मार्फत मधेस आन्दोलनका राजबन्दीहरुलाई न्याय दिने मात्रै काम हुन्छ । संविधान संशोधन मार्फत मधेसीलाई अधिकार सम्पन्न बनाउन सकिन्छ ।
यो यथार्थबाट तपाईले अवगत नै हुदाहुदै पनि देश र मधेसलाई संकटमा पार्दे । तपाई आफ्नो सम्पूर्ण मान मर्यादालाई दाउमा लगाउन तपाईलाई कसले आदेश दिइरहेको छरु एउटा भनाई छ अति गरे खति हुन्छ । तपाईलाई लाग्न सक्छ तपाई जे गरिरहनु भएको छ । यसको लागि तपाई माथि बिदेशी शक्तिको हाथ छ । तपाईलाई कसैले केही गर्न सक्दैन । बरू मालिकले देश र जनताको बिरूद्ध गरेको यो महापापको लागि ठुलै उपहार पनि दिनेछ । तर याद गर्नुस् तपाई आफुले सच्याउनु भएन भन्ने तपाईले प्रतिगमनकारी ओली र बिदेशीको गोटी भएर संघीय लोकतान्त्रिक गणतन्त्रको बिरुद्ध लागि नै राख्नु भयो भन्ने बिदेशीले तपाईँलाई ठुलै पुरस्कार दिन सक्छ । तर नेपाली जनताले तपाईलाई कहिल्यै माफ गर्ने छैन ।
– कापर जसपाको विद्यार्थी संगठनमा आवद्ध छन् ।