काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर थप नयाँ आठ हजार ६ सय ५९ कोभिड संक्रमित थपिएका छन् ।
२१ हजार ३ सय ७२ लाई परीक्षण गरेको उक्त संख्यामा थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार पीसीआर परीक्षण गर्दा ८६ सय ५ र एन्टीजेन्ट विधिबाट ५४ जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी ५८ संक्रमितको मृत्यु भएको गौतमले जानकारी दिए ।
मंगलबार सात हजार ६ सय ६० जनामा संक्रमण देखिएको र ५५ जनाको मृत्यु भएको थियो ।