जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदीप राज भण्डारीलाई फिर्ता प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फिर्ता बोलाएका छन् ।
आर्थिक विवादमा मुछिएका कारण उनलाई फिर्ता बोलाइएको स्रोतको दावी छ । यद्दपी यसबारे प्रहरी महानिरीक्षक क्षेत्रीले केहि बोलेका छैन । भण्डारी तीन महिनाअघि मात्रै सिरहाको इन्चार्ज भएका थिए ।
एसपी हिराबहादुर पाण्डेलाई भने सिरहाको प्रमुख जिम्मेवारी दिएर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।