जनकपुरधाम : कोरोना संक्रमणले भयावह रुप लिन थालेपछि सर्लाही प्रशासनले दाहसंस्कार र विवाहका लागि पनि पास लिनुपर्ने सूचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले दाहसंस्कार, पितृकार्य, विवाह, ब्रतबन्ध र औषधि उपचारका लागि प्रयोग गरिने गाडीको पास लिनुपर्ने सूचना जारी गरेका हुन् । पासका लागि आउने र जाने दुवै तर्फको स्थानीय तहको सिफारिस, जाने व्यक्तिहरुको नाम र संख्या सहितको व्यहोरा खुलेको निवेदन र विरामीलाई रेफर गरेको पत्र, ब्लु बुक, सवारी चालक अनुमति पत्र जस्ता सपोटिङ कागजात इमेलमा पठाउनुपर्ने सूचनामा उल्लेख छ ।
विरामीको हकमा भने स्थानीय तहको सिफारिस चाहिदैन । आवश्यक कागजात [email protected] मा पठाएपछि पास जारी गरिने छ । पासका लागि समन्वयका लागि रमेश कुमार यादव (९८४१८२८३०२), मुकेश कुमार यादव (९८१४८४८५६७) र आस्तिक कुमार साह (९८४५६५६२२९)लाई सम्पर्क गर्न सूचनामा भनिएको छ ।
यस्तै कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकको सेवा प्रवाह स्थगित गरिएको सूचना पनि प्रमुख जिल्ला अधिकारी तामाङले जारी गरेका छन् । सेवा प्रवाह वैशाख २९ गतेसम्मका लागि स्थगित गरिएको सूचनमा उल्लेख छ ।
