आज फेरी रेकर्ड : २४ घण्टामै ९ हजार ७० जनामा संक्रमण पुष्टि, ५४ जनाको मृत्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार ७० कोभिड–१९ का संक्रमित थपिएका छन् । यो सँगै मुलुकमा संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ ।

शुक्रबार २१ हजार १ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २५ लाख ७८ हजार ४ सय १८ जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।

यस्तै २७ सय ७ जना संक्रमणमुक्त भएका छन् । २ लाख ९२ हजार ४ सय ९० जना संक्रमणमुक्त भइसकेका छन् । ५४ जनाको मृत्यु र कुल मृत्युको संख्या ३५ सय २९ पुगिसकेको छ ।

प्रकाशित : २०७८ बैशाख २३, बिहीबार १७:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ