दाङका १० पत्रकारलाई कोरोना : एकको ज्यान गयो, एक गम्भीर


दाङ : कोरोनाको दोस्रो लहर सुरु भएपछि दाङमा १४ जना पत्रकार संक्रमित भएका छन् । तीमध्ये एकको ज्यान गएको छ भने एक जनाको अवस्था गम्भीर छ ।

पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीका अनुसार गम्भीर संक्रमितको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । अन्य १२ जना पत्रकार होम आइसोलेसनमा रहेका छन् । उनीहरुको अवस्था सुधारोन्मुख रहेको उनले बताए ।

संक्रमित  पत्रकारमध्ये केहीका परिवारका सदस्य समेत संक्रमित भएका छन् । उनीहरुको अवस्था पनि सुधार भैरहेको अध्यक्ष केसीले बताए ।

‘केही साथीहरु घरमा बस्दा परिवारलाई पनि संक्रमण फैलने समस्या भैरहेको छ,’ अध्यक्ष केसीले भने, ‘त्यसैलाई  मध्यनजर गरी हामीले महासंघ कार्यालयमा ६ शय्याको आइसोलेसन तयार पारेका छौं । तर अक्सिजनको अभाव भएको छ ।’

आइसोलेसनमा घोराही उपमहानगरपालिका १५ का शीतल रावतले दुईवटा सिलिण्डर उपलब्ध गराएको उनले बताए । अझै कम्तीमा १० वटा अक्सिजन सिलिण्डर आवश्यक परेको अध्यक्ष केसीको भनाइ छ ।

प्रकाशित : २०७८ बैशाख २४, शुक्रबार ११:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ