टुडेखोज, जनकपुरधाम : सामाजिक सञ्जालको प्रभावले शौचालयमा फसेको साँढेको उद्धार गरिएको छ ।
जनकपुरस्थित कदम चोकस्थित एक व्यक्तिको शौचालयमा साँढे फसेको थियो । साँढे शौचालयको हदबाट खुट्टा निकाल्न कति प्रयास गरे तर निस्किन सकेन । साँढेको पीडा देखेपछि पत्रकार मनोज मोरबैताले तस्विर कैद गरेँ र फेसबुकमा हाले ।

केहिबेरमै पत्रकार मोरबैताको तस्विर सामाजि सञ्जालमा भाइरल भयो । तत्कालै जनकपुरधाम उपमहानगरपालिकाले जेसिबी लिएर उद्धारकर्मीलाई पठायो । प्रहरी पनि आइपुग्यो । स्थानीयको सहयोगले प्रहरी र उपमहानगरपालिकाको उद्धारकर्मीहरु साँढेको उद्धार गर्न सफल भएको छ ।

