उदयपुर । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर एकजनाको ज्यान भएको छ ।
धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना. १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे भीर छेउमा बिग्रिएको र सोही सुमोमा सवार धरान-५ का १८ वर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भीरबाट लडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार लडेर गम्भीर घाइते भएको परियारको उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको हो ।