दिल्ली । भारतीय अन्डरवर्ल्डका चर्चित डन छोटा राजनको कोरोनाभाइरस संक्रमणले शुक्रबार ज्यान लिएको छ ।
दिल्लीस्थित एम्स अस्पतालमा उपचार हुँदै गर्दा उनको ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनी दिल्लीको तिहाड जेलमा जन्मकैदको सजाय व्यतित गरिरहेका थिए ।
२०१८ को मे २ तारिखमा पत्रकार हत्यामा दोषी पाइएका राजनलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।
मुम्बइमा भएका चर्चित घटनाहरुमा उनी जिम्मेवार मानिन्छन् ।