टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा शुक्रवार ४३३ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धनुषामा १०६, पर्सामा १३०, बारामा ३६, महोत्तरीमा ४०, रौतहटमा ५४, सप्तरीमा १६, सर्लाहीमा २६ र सिरहामा २५ जनामा कोरोना पुष्ट भएको छ ।
पछिल्लो समय धनुषा पनि पर्सा जस्तै कोरोना संक्रमणको ‘हटस्पट’ जिल्ला बनेको छ । धनुषामा केहिदिन यतादेखि दैनिक १ सय २५ जनाभन्दा बढी संक्रमित भेटिरहेका छन् ।
कोरोना संक्रमण बढेपछि प्रदेश २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।