टुडेखोज, काठमाडौं : कोरोना संक्रमित हुने साँसदको संख्या २५ पुगेको छ । वैशाख २७ मा बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा सहभागी हुन कोरोना परीक्षण गराउँदा १४ साँसदमा पुष्टि भएको हो ।
यसअघि नै ११ साँसद कोरोना संक्रमित भइसकेका छन् । उनीहरुमध्ये केहि होम आइसोलेशनमा छन् भने केहि अस्पताल भर्ना भएको बुझिएको छ ।
सचिवालय स्रोतका अनुसार बुधबार संसद भवन पुगेर कोरोना परीक्षणका लािग ६१३ जना स्वाव दिएका थिए । जनामध्ये ६५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५१ जना कर्मचारी, केहि पत्रकार र सुरक्षाकर्मी पनि छन् ।
१४ साँसदमध्ये एमालेका ८, कांग्रेसका २ र जसपाका ४ जना रहेका छन् । संक्रमित साँसद संसदमा उपस्थिति हुन पाउने÷नपाउने विषयमा अहिलेसम्म केहि निर्णय गरिएको छैन ।