टुडेखोज, जनकपुरधाम : टिभी चलाउन खोज्दा करेन्ट लागेर सर्लाहीमा एक बालकको ज्यान गएको छ ।
लालबन्दी नगरपालिका १० चन्द्रपुरका शुभाष बराईलीका ११ वर्षीय छोरा सुमन बराईलीको करेन्ट लागेर ज्यान गएको हो ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार बालक सुमनले आफ्नो घरभित्र टिभीको ज्याक जोड्न जाँदा करेन्ट लागेको थियो ।