टुडेखोज, जनकपुरधाम :
सिरहा घर भएका पूर्व विनाविभागिय मन्त्री तथा जनता समाजवादी पार्टीका नेता राजलाल यादवलाई पनि कोरोना संक्रमण भएको छ ।
कोरोना रिपोर्ट पोजेटिभ आएपनि पूर्वमन्त्री यादवमा कुनै लक्षण देखिएको छैन । उनी अहिले होम आइसोलेशनमा बसेका हुन् । संक्रमित भएपछि आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई स्वास्थ्य सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।
सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादव पनि कोरोना संक्रमित भइसकेका छन् ।
उनले पनि होम आइसोलेसनमै बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको बुझिएको छ ।