टुडेखोज, वीरगञ्ज : पल्स अक्सिमिटरको कालोबजारी गर्ने एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ नगवाका ३२ वर्षीय रामहरि तिवारी छन् ।
३५ सय रुपैयामा पल्स अक्सिमिटर बेचेको आरोपमा तिवारीलाई शुक्रबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तिवारीको पसलबाट प्रहरीले १२ थान पल्स अक्सिमिटर पनि बरामदसमेत गरेको छ ।
३५ सयमा बेचेको उक्त पल्स मिटरको बजार मूल्य १ हजार ९ सय मात्र पर्ने गरेको प्रहरीको भनाई छ । उनलाई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।