जनकपुरधाम । कुनै पनि स्थानमा यत्रतत्र सामान फालिएपछि ती स्थान कुरुप बन्नु स्वभाविकै हो । अनि, राम्रो बाटो हुँदाहुँदै छेक्ने काम गर्ने, सामान थुपार्ने काम गरेपछि पनि कुनै ठाउँ कुरुप बन्न जान्छ । जसको ज्वलन्त उदाहरण बनेको छ धनुषाको तिनकौरिया चोक ।
जिल्लाको बिदेह नगरपालिका वडा नम्बर ६ स्थित हुलाकी सडक खण्डमा पर्ने यो चोकमा अतिक्रमण गरिएपछि बाटोको अवस्था साँघुरो मात्रै थिएन् कि यो चोक नै कुरुप बनेको थियो ।
स्थानीय युवा र प्रहरी मिलेर ती अतिक्रमण शनिबार हटाएका छन् । यहाँ सडकलाई नै अतिक्रमण गरी घरटहरा बनाउनेदेखि सडक छेउका पेटीहरुमा अनाधिकृत रुपमा सामानहरु राखिएको थियो ।
अतिक्रमण हटाएपछि चोकको रौनकता खुलेको छ । स्थानीयहरुका अनुसार अब चोक चिटिक्क देखिएको छ ।
