टुडेखोज, जनपुरधाम :
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई बिदाइ गर्नुपर्ने चार करण रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिने छन् । त्यसका लागि दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक अघि अध्यक्ष डा. भट्टराईले ओलीलाई आजै विदा गर्नुपर्ने अभिव्यक्ति ट्वीटरमार्फत दिएका हुन् ।
कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको, संविधान विपरित संसद बिघटन गरेर र दुईतिहाई नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको, संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको र खोप÷औषधि खरिदमा समेत भ्रष्टाचार गरेकोले ओलीलाई विदाई गर्नुपर्ने डा. भट्टराईले औल्याएका छन् ।

तर जसपाकै पहिलो अध्यक्ष महन्थ ठाकुर पक्षले ओलीलाई विदाई गर्न चाहेका छैनन् । अध्यक्ष उपेन्द्र यादवले भने ओलीलाई हटाउने अडान कायम राखेका छन् । पार्टी दुई खेमामा विभाजित भएपछि पार्टी नै फुट्ने सम्भावना रहेकाले साँसदहरुले विश्वासको मत आफूखुशी दिन पाउने निर्णय गरिएको छ ।