टुडेखोज, जनकपुरधाम :
जनता समाजवादी पार्टीका नेता तथा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरवण राज्यमन्त्री सुरेश मण्डलले सरकारको नेतृत्व गर्ने अवसरको सदुपयोग गर्न सुझाव दिएका छन् ।
राज्यमन्त्री मण्डलले व्यक्तिगत कुण्ठा त्यागेर जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्ने अवसरलाई भरपुर सदुपयोग गरी इतिहास रच्न नेतृत्वलाई सामाजिक सञ्जालमार्फत सुझाव दिएका हुन् । जसपा अध्यक्ष महन्थ ठाकुर केपीशर्मा ओलीतीर र अर्का अध्यक्ष उपेन्द्र यादव शेरबहादुर देउवातीर लागेको सन्दर्भमा उनले न ओलीको न देउवाको पछि लाग्न सुझाएका छन् ।
‘मधेसी थारुको लागि सम्पूर्ण खस शासक एउटै हुन्’, राज्यमन्त्री मण्डलले लेखेका छन्, ‘ओलीको पछि लाग्नु वा देउवाको पछि लाग्नुमा खास बस्तुगत भिन्नता छैन । समय काल परिस्थिति क्रममा सबैले मधेसलाई प्रताडित गरेकै हुन् ।’