टुडेखोज, जनकपुरधाम : कामचलाउ सरकारका प्रधानमन्त्री केपीशर्मा ओलीले जहिल्यै चुनाव गराउनुपर्ने एजेण्डा राख्छन् । हुन त जसपाका कुनै नेता पनि चुनावको पक्षमा बोलेका थिएन । आज जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने बल्ल मुख खोलेका छन् ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत डाक्टर भट्टराईले एक वर्षमा चुनाव गराउन प्रस्ताव अघि सारेका हुन् । ५ वर्ष अगावै चुनाव गराउनुपर्ने प्रस्ताव राखेपछि डा. भट्टराई एकाएक चर्चामा आएका छन् । उनले देश संकटमा परेको भन्दै त्यसको समाधानका लागि यस्तो प्रस्ताव गरेको बताइएको छ ।
उनले सबै दलको सहभागितामा सरकार गठन गर्नुपर्ने, पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्व सरकार बनाउनु पर्ने, कोरोना नियन्त्रण द्वन्द्वकालीन मुद्धा, संविधान संशोधन, आर्थिक राहत लगायत लागू गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।
प्रधानमन्त्री केपी ओली सरकार अल्पमतमा परेपछि सरकार गठनमा जसपाको निर्णायक भूमिका रहेका बेला हाल जसपा दुई कित्तामा उभिएको छ । महन्थ ठाकुरको समूह ओली सरकारलाई सघाउने पक्षमा देखिएको छ भने उपेन्द्र यादव पक्ष जसरी पनि ओलीको विकल्प खोज्न लागि परेको छ।