टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का प्रभावशाली नेता तथा साँसद प्रदिप यादवले अध्यक्ष उपेन्द्र यादवसँग बहुमत रहेको दावी गरेका छन् ।
उनले एक टेलिभिजनसँग अन्तरवार्ता दिँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निर्णय पार्टीले गरिसकेको दावी गरे । उनले महन्थ ठाकुरसँग मात्र १५ साँसद रहेको भन्दै पार्टीको निर्णय उनलाई पनि मान्नुपर्ने बताए ।
पर्साबाट निर्वाचित साँसद यादवले भने, ‘पार्टी विधानले चल्छ । व्यक्ति कोही आधिकारिक हुँदैन । जोसँग बहुमत छ, उ नै आधिकारिक हो । उपेन्द्र यादवसँग केन्द्रीय समिति र कार्यकारिणीमा पनि बहुमत छ ।’ पार्टीको निर्णय नमान्नेलाई विधान बमोजिम कारबाही हुने पनि स्पष्ट पारे ।
‘पार्टीको बैठकमा आउँदा कोभिड लाग्छ रे ! अनी राष्ट्रपति र प्रधानमन्त्री कहाँ पुगेर बैठक गर्दा कोभिड लाग्दैन ?,’ साँसद यादवले प्रश्न गरे । महन्थ ठाकुर र राजेन्द्र महतो बैठकमा नआए कसरी निर्णय थाहा हुन्छ ? उनको भनाई छ । उनले बहुमत छ भने पार्टीको बैठकमा महन्थ ठाकुरले आउनुपर्यो नी – साँसद यादवले भने ।
उनले उपेन्द्र यादव पार्टी फुटाउन नचाहेको पनि बताए । अध्यक्ष यादवविरुद्ध बोलेका साँसद विमल श्रीवास्तावलाई पागलको संज्ञा दिए । उनले श्रीवास्तवलाई डेटस्पाइर भन्दै कारबाही नगर्ने पनि बताए । उपेन्द्र यादवले श्रीवास्ताव जस्ता कैयौं नेतालाई पैदा गरेको उनको भनाई थियो ।