टुडेखोज, जनकपुरधाम : प्रदेश २ र प्रदेश १ मा भोलि सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रबार सार्वजनिक बिदा दिइएको हो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले यसवर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल गरेका छन् ।
यस्तै प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी बिदाबारे जानकारी गराएको छ । सूचनामा बिदाको दिन प्रदेशभरि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु बन्द रहने व्यहोरा सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।
