महन्थ ठाकुरले आफू पक्षका साँसद लिएर भक्तपुरको रिसोर्ट पुगे


काठमाडौं : जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा खुलेको छ । रिसोर्टको नाम भने गोप्य राखिएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्ना पक्षका साँसदलाई फकाउन सक्ने भन्दै ठाकुरले साँसदहरुलाई लिएर भक्तपुरको रिसोर्ट पुगेका हुन् । स्रोतका अनुसार रिसोर्टमा ठाकुर र राजेन्द्र महतोसहित १३ जना साँसद रहेका छन् । तर ठाकुर पक्षले १९ साँसद रहेको दावी गरेका छन् ।

जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी ठाकुर पक्षले गरेको छ । स्रोतका अनुसार उपेन्द्र यादवलाई पार्टी फुटाउन चाहिने ४० प्रतिशत सांसद समेत पुग्न नदिने रणनीति ठाकुरले बताएका छन् ।

ठाकुर– महतोले काँग्रेस र माओवादीसँग उपेन्द्र यादवलाई गठबन्न गर्नबाट रोक्ने प्रयासमा छन् । हुन त माधव नेपाल पक्षले राजीनामा नदिए नयाँ सरकार बन्न सम्भव छैन । यदि नयाँ सरकार आज राति ९ बजेसम्म प्रतिपक्षी दलले बनाउन नसके केपी ओली नै प्रधानमन्त्री रहनेछन् ।

प्रकाशित : २०७८ बैशाख ३०, बिहीबार १५:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ