काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज दिउँसो साढे २ बजे हुने भएको छ । तीन वर्षपछि दोस्रोपल्ट प्रधानमन्त्री नियुक्त भएका ओलीको सपथग्रहणका लागि राष्ट्रपति भवल शीतल निवासमा तयारी भइरहेको छ ।
गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अवेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । ओलीले आजै मन्त्रिपरिषद गठन गर्ने र केहि मन्त्रीहरुलाई पनि सपथ गराइने बताइएको छ ।
प्रधानमन्त्री बन्नमा ओलीलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्ठ ठाकुर पक्षले सहयोग गरेको छ । त्यसैले जसपाका बरिष्ट नेता राजेन्द्र महतोको नेतृत्वमा केहि साँसद पनि मन्त्री बन्ने चर्चा चलेको छ । तर मन्त्री को को बन्ने वा नबन्ने विषय भने टुङ्गो लाग्न बाँकी छ ।