टुडेखोज, जनकपुरधाम : जनकपुरको प्रसिद्ध संकटमोचन मन्दिरका पूजारी महेश दास वैष्णवको निधन भएको छ । बिहीबार साँझ बल्डप्रेसरका कारण मस्तिष्कमा सिभिडी भएपछि पूजारी दासको निधन भएको हो ।
बल्डप्रेसर अचानक बढेपछि बिहीवार दिउँसो ३ बजे पूजारी दासलाई मन्दिरको छेउमै रहेको काव्या अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा निधन भएको बताइएको छ । उनको निधनले जनकपुरका धेरैले दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ बाह्रविघा मैदानको उत्तर–पश्चिम कुनास्थित संकटमोचन मन्दिर रहेको छ । पूजारी दास विगत लामो समयदेखि सो मन्दिरका पूजारी थिए ।