भेन्टिलेटर नपाएरै हेल्थ असिस्टेन्ट यादवको ज्यान गयो


टुडेखोज, पर्सा : भेन्टिलेटर नपाएरै वीरगञ्जमा एक स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । पेसाले हेल्थ असिस्टेन्ट रहेको २३ वर्षीय रवि यादवको बिहीवार वीरगञ्जको तराई अस्पतालमा निधन भएको हो ।

रौतहटको वृन्दावन नगरपालिका ४ हर्दिया पल्टुवा घर भएका यादव वीरगञ्जकै एक अस्पतालमा कार्यरत थिए– भाई ब्रजकिशोर यादवले बताए । उनका अनुसार जेठ ९ गतेका लागि विवाह तय भएपछि रवि घर आए । लगत्तै ज्वरो आयो । पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वैशाख २२ गते उनी अस्पताल भर्ना भएका थिए । अस्पतालमा उनको अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राख्नुपर्ने चिकित्सकले सुझाए । तर सो अस्पतालमा भने भेन्टिलेटर खाली थिएन । वीरगञ्जका सबै अस्पताल चहार्दा पनि भेन्टिलेटर नपाउँदा उनको निधन भएको आफ्न्तले जनाएका छन् ।

यादव गम्भीर संक्रमित र निमोनियाले फोक्सो पनि अत्यन्त खराब भइसकेकाले बचाउन नसकेको अस्पतालले जनाएको छ । अक्सिजनको मात्रा पनि एकदमै कम भएका कारण उनको निधन भएको चिकित्सकको भनाई छ ।

प्रकाशित : २०७८ बैशाख ३१, शुक्रबार १०:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ