टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संसदीय दलको नेता चयन भएकोमा वरिष्ठ नेता राजेन्द्र महतोलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा महतोलाई बधाई दिएका हुन् ।
धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित महतोलाई बहुमतको आधारमा दलको बिहीवार नै महन्थ ठाकुर पक्षले गरिसकेका थिए । तर यो निर्णय भने गोप्य राखिएको थियो । महतोलाई दलको नेता चयन गरेको कुरा साँसद उमाशंकर अगरियाले पुष्टि गरेपछि टुडेखोज डटकमले समाचार प्रकाशित गरेको थियो ।
समाचार आएको केहि घण्टापछि अध्यक्ष ठाकुरले महतोलाई बधाई दिएका छन् । महतो दलको नेता चयन भएको कुरा अध्यक्ष उपेन्द्र यादव पक्षलाई जानकारी समेत छैन । उनलाई नेता चयन गरिएको बैठकमा यादव पक्षका कोही सहभागी थिएनन् ।
