काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत कांग्रेस नेताहरूले गच्छदारको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्दै शोक संतप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।