काठमाडौं : सरकारले ११ मुलुकमा राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका दुई सहसचिव सहित ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले राजदूत सिफारिस गरेको हो ।
एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइमा पठाइ सकिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए । प्रस्तावित राजदूतमध्ये निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ परराष्ट्र सेवाका सहसचिव हुन् ।
सरकारले एमाले केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की, विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता रमेशचन्द्र पौडेल,पाल्पाका पूर्व सांसद तथा एमाले नेता कुलप्रसाद नेपाल सहित प्राध्यापक र अधिकार क्षेत्रमा क्रियाशील अन्य ९ जनाको नाम सिफारिस गरेको छ ।
प्रस्ताबित राजदूतहरू यसप्रकार छन् –
१) निर्मलराज काफ्ले– अष्ट्रिया
२) जीवनप्रकाश श्रेष्ठ– इजिप्ट
३) रमेशचन्द्र पौडेल– श्रीलंका
४) कृष्णचन्द्र शर्मा– दक्षिण कोरिया
५) सुम्निमा तुलाधर– अष्ट्रेलिया
६) जंगबहादुर चौहान– रुस
७) नारायणप्रसाद संग्रौला– म्यानमार
८) युवराज कार्की– बहराइन
९) कुलप्रसाद नेपाल– ब्राजिल
१०) सुमित्रा सुवेदी– डेनमार्क
११) मेराज मुसलमान– साउदी अरेबिया